विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला आयोजना

HTV Khabar ११ अशोज २०७९, मङ्गलबार १०:४४ मा प्रकाशित

काठमाडौं, विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’ को आयोजना गरिएको छ।                                                                                       ललितपुर महानगरपालिकाको आयोजना तथा त्यहाँस्थित विभिन्न संघसंस्थाको सह-आयोजनामा भएको सांस्कृतिक मेला, पाटन सङ्ग्रहालय परिसरमा रहेको मणि केशव नारायण चोकमा रहेकाे छ। दिउँसाे १ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा विभिन्न प्रदर्शनी गरिएको छ।                                                                      जसमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति, बत्ती काट्ने चर्खा, धातु काठ तथा ढुंगाको मूर्तिकला लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष जानकारी दिइएको छ।                                                                  आजै साझँ ५ बजे ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्वन्धित वेवसाइटको लोकार्पण, साझँ साढे ५ बजेदेखि ७:३० बजेसम्म ५०० भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति र  ७:३०  बजेपछि परम्परागत नेवारी भोजको कार्यक्रम समेत रहेको छ। विश्व पर्यटन दिवसको अवसरमा आज बिहान ८ बजे पाटन दरबार क्षेत्र आउने पर्यटकलाइ स्वागत एवम सत्कार समेत गरिएको थियो।