काठमाडौं, सुनको भाउमा सोमबार नयाँ रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। चाँदीको भाउ पनि स्थिर छ। प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ।