- गृहपृष्ठ
- उपत्यकाबाट १५ जना जुवाडे पक्राउ
उपत्यकाबाट १५ जना जुवाडे पक्राउ
HTV Khabar
४ कार्तिक २०८०, शनिबार ०४:११ मा प्रकाशित
काठमाडौं, प्रहरीले जुवा तास खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ।प्रहरीले ललितपुरको महालक्ष्मी
नगरपालिका–४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रूपैयाँ बरामद गरेको जनाएको छ।
त्यस्तै काठमाडौंको चन्द्रागिरी–१४ नैकापबाट ८ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले एक हजार ८ सय ३५ रूपैयाँ नगद बरामद गरेको जनाएको छ।