एसईई (SEE)को नतिजा : जोसेफका ६ जनाले ल्याए ४ जिपिए

सबिन पन्त 'पृथक' १४ असार २०८१, बिहीबार ०३:४७ मा प्रकाशित

काठमाडौं, २०८० सालको एसईई (माध्यमिक शिक्षा परीक्षा)मा जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ हाईस्कुल तथा इन्टरनेशनल जोसेफ पब्लिक स्कुलका ६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेकाछन्।

करिब २७ वर्ष भन्दा अघिदेखि कपन क्षेत्रमा स्थापित भएर शिक्षाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै देशकै उत्कृष्ट विद्यालयको रूपमा परिचय बनाउन सफल रहेको जोसेफ विद्यालयमा २०८० चैत्रमा संचालित एसईइ परीक्षामा ६६ जना विद्यार्थी सम्मीलित थिए। 

परीक्षामा सहभागी ६६ जना विद्यार्थीहरु मध्ये ६ जनाले ४ जिपिए ल्याएका छन्। ४७ जना विद्यार्थीले "ए प्लस" र १३ जनाले "ए" प्राप्त गरेका छन्। परीक्षाको उत्कृष्ट नतिजा आएसंगै  अभिभावकहरुले खुशी व्यक्त गरेको जोसेफ एडुकेशनल नेटवर्कका अध्यक्ष सूर्यबहादुर अधिकारीले एचटिभी खबरलाई बताएका छन्। 

हाल जोसेफ एडुकेशनल नेटवर्कले विद्यालय तहको शिक्षा मात्रै नभएर कलेज तहको शिक्षा पनि प्रदान गर्दै आएको छ। जुनसुकै विद्यालयका एसईइ उत्तीर्ण गरेका र कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई बढी भन्दा बढी छात्रवृत्ति उपलब्ध गराउने अध्यक्ष अधिकारीले जनाएका छन्।