भिसा ठगीका कारण सबै आवेदकमाथि थप कडाइ हुने: अमेरिकी दूतावास

HTV Khabar ४ भाद्र २०८२, बिहीबार ०९:२२ मा प्रकाशित

काठमाडौं,  नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगी गर्ने व्यक्तिहरूले सबै आवेदकमाथि अतिरिक्त प्रभाव पार्ने भन्दै सचेत गराएको छ।

दूतावासले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘केही व्यक्तिहरूको ठगीका कारण सबै भिसा आवेदकमाथि थप कडाइका साथ जाँच हुने अवस्था सिर्जना हुन्छ। हामी कडा छानबिनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्छौँ र हाम्रा अधिकारीहरूले ठगलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छन्’, जारी सूचनामा भनिएको छ।

दूतावासले यदि कसैलाई भिसासम्बन्धी ठगीबारे जानकारी भएमा तुरुन्तै रिपोर्ट गर्न पनि अनुरोध गरेको छ ।