एक सातामा १४७ जनामा डेंगी संक्रमण पुष्टी

Njn khanal ८ श्रावण २०८२, बिहीबार ०४:०८ मा प्रकाशित

काठमाडौं, पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी संक्रमण पुष्टी भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडीका अनुसार पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी संक्रमण पुष्टी भएको हो। यो सँगै नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३८ पुगेको छ।

मनसुन सक्रिय भएसँगै संक्रमण बढ्दो क्रममा रहेको र ७३ जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना नयाँ सङ्क्रमित थपिएको इडिसिडीले जनाएको छ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।


यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ।