निर्वाचन आयोगले दियो गगन थापा पक्षलाई मान्यता

HTV Khabar २ माघ २०८२, शुक्रबार ०८:०७ मा प्रकाशित

काठमाडौं,  निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै  आयोगको आज बसेको बैठकले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो।

यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन्। शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ। गगन थापा विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए।