प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

HTV Khabar ९ मंगशिर २०८१, आइतबार ०२:३२ मा प्रकाशित

काठमाडौं,  प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए।

सचिव अधिकारीले स्वास्थ्यको कारण देखाउँदै मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुएको प्रवक्ता गिरीले जानकारी दिए।सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

पूर्व सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेले गत असार १७ गते प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।