दुर्गा प्रसाइँलाई हवाईमार्गबाट काठमाडौं ल्याइँदै

HTV Khabar २८ चैत्र २०८१, शुक्रबार १०:०५ मा प्रकाशित

काठमाडौं, भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाइँलाई आज नेपालको काँकरभिट्टा प्रहरीलाई बुझाउँदै छ।

दुर्गा प्रसाइँ निकट स्रोतका अनुसार उनलाई मानवअधिकारकर्मीको रोहबरमा नेपाल प्रहरीलाई बुझाउने भएको हो। दुर्गा प्रसाइँलाई भारतबाट नेपाल ल्याइँदै गरेको हल्लापछि उनका आफन्त र शुभ चिन्तकको मेची पुलमा भीड लागेको छ। तर, नेपाल प्रहरीले भने अर्कै नाकबाट प्रसाइँलाई नेपाल ल्याउने तयारी गरेको छ।

प्रहरी स्रोतका अनुसार मेची पुलमा भीड लोगेपछि प्रसाईँलाई गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ। गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो। उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन्।

प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ ल्याइने तयारी गरिएको छ। चैत १५ गते तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शन स्थलबाट उनी फरार भएका थिए। प्रसाईँविरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ।