काठमाडौं, पर्यटन भिसामा नेपाल आएका विदेशीलाई गैरकानुनी काममा नलाग्न गृह मन्त्रालयले सचेत गराएको छ।
चैत १४ गते कुलमान घिसिङलाई हटाएको भन्दै भएको प्रदर्शमा सहभागी भएको आरोपमा एक अमरिकी नागरिकलाई पक्राउ गरेर कारवाही गरेपछि सरकारले राजनीतिक गतविधिमा नलाग्न सचेत गराएको हो।
अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमन विभागले दुई वर्ष नेपाल आउन प्रतिबन्ध लगाउँदै फिर्ता पठाएको छ। अहिले राजनीतिक र विभिन्न पक्षको आन्दोलन भइरहेका बेला पर्यटन भिसामा नेपाल आउनेहरूले भिसा विपरित गतिविधि गर्न नपाउने गृह मन्त्रालयले जनाएको छ।
नेपालले गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा सन् २०२५ मा मात्रै १ सय १५ भन्दा बढीलाई डिपोर्ट गरेको छ।
पर्यटकका रुपमा नेपाल आएका विदेशीको निगरानी हुन नसक्दा केही व्यक्ति अपराधमा समेत संलग्न हुँदै आएका छन। नेपाल आएका विदेशीहरु लागूऔषध, विदेशी मुद्रा, धार्मिक तथा बालयौनदुराचार जस्ता अपराधमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने गरेका छन्।