मिटरब्याज आरोपमा पक्राउ परेका कटुवालविरुद्ध दोस्रो पटक ४ दिन म्याद थप

HTV Khabar ८ भाद्र २०८२, सोमबार १२:४८ मा प्रकाशित

काठमाडौं,  मिटरब्याज आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको कविराज कटुवालविरुद्ध दोस्रो पटक थप चार दिनको म्याद थप भएको छ।

आईतवार ललितपुर जिल्ला अदालतले कटुवाललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए।
 
३ भदौमा मकवानपुरबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनीविरुद्ध पहिलो पटक पनि अनुचित लेदनको कसुरमा पाँच दिन म्याद थप भएको थियो।

कुटवालले एक व्यक्तिलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएर चार करोड ८६ लाख तिरिसकेको तर पनि अझै बाँकी छ भन्दै दुख दिन थालेको बताइएको छ। करिब पाँच करोड रुपैयाँ तिर्दा समेत कार नै कब्जा गरेको आरोप समेत कटुवालमाथि लागेको छ।

विभिन्न प्रतिष्ठित व्यक्तिसँग खिचिएका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै त्यसैको आडमा मिटरब्याजीको धन्दा चलाएको आरोप कटुवालमाथि छ।