नेपालले जित्यो आईसीसी डेभलपमेन्ट अवार्ड

HTV Khabar २ श्रावण २०८१, बुधवार ०६:४० मा प्रकाशित

काठमाडौं, आईसीसीले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ। आईसीसीको एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ। 

ग्लोबल आईसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस्, युएई र स्कटल्याण्ड रहेका छन्। 

जसमा मेक्सिकोले आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ। 

त्यस्तै नेदरल्याण्डसले आइसीसी एसोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आईसीसी एसोसियटस मेम्बर वोमन्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ। 

त्यस्तै नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अवार्ड जितेको छ भने स्कटल्याण्डले क्रिकेट फर गुड इनिसियटिभ इम्प्याक्ट अफ द इयर अवार्ड जितेको छ।