गोकर्णेश्वर नगरपालिकाको नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना

HTV Khabar ७ भाद्र २०८१, शुक्रबार ०४:०१ मा प्रकाशित

काठमाडौं, गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छात्रवृत्तिको सूचना जारी गरेको छ।

जारी सूचनामा नगरपालिकाका स्थायी रूपमा बसोबास गरिआएका नगरवासीहरुमा पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी दरखास्त पेश गर्न आह्वान गरिएको छ।

विहिवार नगर प्रमुख दिपक रिसालद्वारा हस्ताक्षरित सूचनामा गोकर्णेश्वर नगरपालिकाको आ.व. २०८१।८२ को नीति तथा कार्यक्रम अनुसार नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रम अन्तर्गत यस नगरपालिकाका स्थायी बासिन्दा भएका पि.सि.एल. नर्सिङ्ग अध्ययन गर्ने छात्राहरुलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने कार्यक्रम रहेकाले २०८१ भाद्र मसान्त सम्ममा यस नगरपालिकाको कार्यालयमा आईपुग्ने गरी दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारी दिइएको छ।

यसैगरी दरखास्तका साथमा गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा भएको पुष्टिहुने गोकर्णेश्वर नगरपालिकाको स्थायी ठेगाना भएको नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र र अभिभावकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पेश गर्न समेत अनुरोध गरिएको छ।