बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न लघु उद्यम, घरेलु तथा साना उद्यम एवं गृह श्रमिकहरु मार्फत् उत्पादन भए गरेका वस्तु तथा सेवाहरूको पहिचान, प्रवर्द्धन तथा प्रचारप्रसार गरी व्यवसायिक स्तरोन्नतिका लागि बिक्री एवं बजारीकरण, स्थानीय सीपको सूचीकरण एवं उत्पादनलाई प्रोत्साहित गरी आत्मविश्वास, आत्मनिर्भरता वृद्धि तथा स्वरोजगारमा टेवा पुऱ्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो।
कार्यक्रम २०७९ चैत्र ३ र ४ गते ( दुई दिन ) संचालन हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्र स्थानीय श्रम र सीपको उपयोग गरी भएका उत्पादनहरु (मौलिक, सांस्कृतिक, पौराणिक समेत) र कृषि तथा पशुजन्य उत्पादन (माछामासु बाहेक) को बृहत बिक्री तथा प्रदर्शनी मेलामा नगरपालिका भित्रका त्यस्ता उत्पादनका क्षेत्रमा निरन्तर संलग्न व्यक्ति, उद्यमी, संघसंस्था वा समूह जो कोहीले पनि यस सम्मेलनमा भाग लिन पाँउने छन्।
मिति: चैत्र ३ र ४ गते स्थान: बूढानीलकण्ठ मन्दिर परिसरमा
समय: बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म