काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो स्थापनाको १०औं वर्ष पुगेको अवसरमा स्थापना दिवस मनाएको छ।
कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा नगरपालिकाको कार्यालय अगाडिको चौरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो।
संघिय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख अतिथ्यतामा तथा सोहि क्षेत्रकी सांसद सोबिता गौतमको विशेष आतिथ्यतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको उपस्थिति रहेकोे थियो।
त्यस्तै कागेश्वरी नगरपालिका उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, लेखा प्रमुख मिनराज खड्कालगायत पूर्व सांसदहरू, पूर्व नगर प्रमुखहरू, विभिन्न दलका प्रतिनिधिहरु उपस्थिति रहेको थियो।