काठमाडौं, जेनजी आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तबाट तीन नाल हतियार लुटेको आरोपमा विद्यार्थी नेता सुजन वाइबा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वाइबालाई हतियार बोकेर हिँडिरहेको भिडियो प्रमाणको आधारमा पक्राउ गरिएको हो।
शान्तिनगर निवासी वाइबा बानेश्वर बहुमुखी क्याम्पसका माओवादी निकट अखिल (क्रान्तिकारी)बाट स्ववियु सदस्यमा निर्वाचित विद्यार्थी नेता हुन्।
प्रहरीका अनुसार उनी आन्दोलनका क्रममा प्रहरी वृत्तमा भएको हतियार लुटपाट प्रकरणमा प्रत्यक्ष संलग्न रहेको आशंकामा पक्राउ परेको बताइएको छ। प्रहरी परिसर काठमाडौंले उनीमाथि थप अनुसन्धान थालेको छ।