काठमाडौं, गृहमन्त्री रमेश लेखक र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर भारतीय राजदूत श्रीवास्तवले गृहमन्त्री लेखकलाई भेटेका हुन्।
भेटमा दुई देशबीचको सम्बन्धबारे चर्चा भएको बताईएको छ। यसअघि श्रीवास्तवले मंगलवार उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटेका थिए।