जेनजी आन्दोलनपछि पहिलोपल्ट बस्यो कांग्रेसको कार्यसम्पादन समिति बैठक

HTV Khabar २ अशोज २०८२, शुक्रबार ०४:१३ मा प्रकाशित

काठमाडौं,  नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बसेको छ । जेन्जीको आन्दोलनपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक बैठक बसेको हो।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा उपचाररत छन्। त्यसैले उनी बैठकमा उपस्थित छैनन्। बैठकमा समयसामयिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए।