नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाको २२औं साधारणसभा सम्पन्न

HTV Khabar १८ पौष २०८२, शनिबार ०४:४२ मा प्रकाशित

काठमाडौं, नेपाल रेडक्रस सोसाइटी कपन  उपशाखाको २२औं साधारणसभा सम्पन्न  भएको छ। 

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र कपन उपशाखाका सभापति पुष्कर चालिसेको सभापतित्वमा साधारणसभामा सम्पन्न भएको हो।

उक्त सभामा विशेष अतिथिका रूपमा बूढानीलकण्ठ नगरपालिका वडा नं.-१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, ११ का अध्यक्ष राजु अधिकारी, रेडक्रसका काठमाडौं जिल्ला शाखा प्रतिनिधि लक्ष्मी प्रसाद कुइँकेल, कपन उपशाखाका पदाधिकारी तथा  सदस्यहरु र स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो। 

आगामी काठमाडौं जिल्ला शाखाको ४६ औं साधारणसभा पनि कपन उपशाखाले नै  आयोजना गर्ने सभापति पुष्कर चालिसेले बताएका छन्।