कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

HTV Khabar २७ वैशाख २०८१, बिहीबार ०८:५८ मा प्रकाशित

विराटनगर, कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका छन्।

विहिवार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका हुन्।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन्। नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन्। उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ।

नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए।उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।