सुनकाे मूल्य घट्याे : प्रतिताेला कतिमा हुँदैछ कारोबार ?

HTV Khabar १४ फाल्गुन २०७९, आइतबार ०७:१९ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लाग्दै आएको सुनको मूल्य आज पनि घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम गरिएको छ। गत साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको एक लाख दुई हजार चार सय रुपैयाँमा किनेबेच भएको थियो।

यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रवार तोलाको एक लाख एक हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो। गत माघ १९ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य त्यसयता भने क्रमशः ओरालो लाग्दै आएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रवार प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।