केन्यामा २२ जनाको मृत्युपछि विवादास्पद कर विधेयक फिर्ता हुने घोषणा

HTV Khabar १४ असार २०८१, बिहीबार ११:२३ मा प्रकाशित

एजेन्सी,  केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद कर विधेयक फिर्ता लिने घोषणा गरेका छन्।

कर वृद्धिको प्रावधान रहेको विवादास्पद विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा २२ जनाको ज्यान गएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको हो।

विवादास्पद कर विधेयकको विरोधमा देशभरबाट आक्रोशित नागरिकले विरोधमा प्रदर्शन गर्ने क्रममा केन्याको संसद् भवनको एक भाग पनि जलाएका थिए। प्रहरीले उनीहरुलाई रोक्ने क्रममा गोली चलाउँदा २२ जनाको ज्यान जानुका साथै अरु थुप्रै घाइते भएका थिए।