एजेन्सी, इजरायली सेनाले अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको हो।
साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ। कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ।
टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल-ओमारीलाई इजरायली सेनाले आईतवार उक्त आदेश हस्तान्तरण गरेको हो। इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ। आईतवार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए।