काठमाडौं, नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने भएका छन्।
भदौ २५ मा प्रधानसेनापति बन्ने उनले सेनाको कमान्ड भने साउनबाटै सम्हाल्ने छन्। प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ गतेदेखि बिदामा बस्ने भएकाले सिग्देलले कामु प्रधानसेनापतिको जिम्मा पाउने भएका हुन्।
अर्का रथी निर्मलकुमार थापा हाल शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर छन्। सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्। प्रधानसेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डेले राजीनामा दिएपछि उनी गएको मंसिरमा रथीमा बढुवा भएका थिए। शैक्षिक प्रमाण पत्रको विवादमा परेपछि पाण्डेले राजीनामा दिएका थिए।
त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्। उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन्।
यसका साथै उनले नेपालको आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्। उनले काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा काम गरेका छन्। सिग्देल नेपालमा प्रजातन्त्र आएपछि प्रधानसेनापति हुने २० औं व्यक्ति हुनेछन।
यी हुन् नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरुः
पृथ्वीनारायण शाह शासनकालका सेनापतिहरूः
विराज थापा मगर
महेश्वर पन्त
कालु पाण्डे
शिवराम सिंह बस्न्यात
रामकृष्ण कुंवर
केहरसिंह बस्न्यात
वंशराज पाण्डे
अभिमान सिंह बस्नेत
बलभद्र शाह
कीर्तिमान सिँह बस्न्यात
दामोदर पाण्डे
अमरसिंह थापा
भीमसेन थापा
रणजंग पाण्डे
माथवरसिंह थापा
अभिमान सिंह राना मगर
राणा शासनकालका प्रधानसेनापतिहरूः
जंगबहादुर राणा
बमबहादुर राणा
कृष्णबहादुर राणा
रणोद्दिप सिंह बहादुर राणा
जगत शमशेर राणा
धीर शमशेर राणा
जीतजंग राणा
खड्ग शमशेर जंगबहादुर राणा
रण शमशेर जंगबहादुर राणा
देव शमशेर जंगबहादुर राणा
चन्द्र शमशेर जंगबहादुर राणा
भीम शमशेर जंगबहादुर राणा
जुद्ध शमशेर जंगबहादुर राणा
रुद्र शमशेर जबरा
पद्म शमशेर जंगबहादुर राणा
मोहन शमशेर जंगबहादुर राणा
बबर शमशेर राणा
केशर शमशेर राणा
प्रजातन्त्रपछि नेपालका प्रधानसेनापतिहरू
किरण शमशेर राणा
तोरण शमशेर जबरा
नीर शमशेर जबरा
सुरेन्द्र बहादुर शाह
सिंह बहादुर बस्न्यात
गुण शमशेर जबरा
सिंह प्रताप शाह
अर्जुन नरसिंह राणा
सत्चित शमशेर जबरा
गडुल शम्शेर जबरा
धर्मपालवरसिँह थापा
प्रज्वल शम्शेर जबरा
प्यारजंग थापा
रूक्माङ्गद कटवाल
छत्रमानसिंह गुरुङ
गौरव शमशेर जंगबहादुर राणा
राजेन्द्र क्षत्री
पूर्णचन्द्र थापा
प्रभुराम शर्मा