काठमाडौं, प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई भोगचलनका लागि दिइएको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खोजेको आरोपमा एक जना पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेको पनौती नगरपालिकास्थित सुनथानका ६७ वर्षीय पुस्करबहादुर बस्नेतलाई पक्राउ गरेको हो।
सरकारले सुनथानस्थित वन क्षेत्रको जग्गा प्रतिष्ठानलाई भोगचलनका लागि दिएको थियो। बस्नेतले उक्त जग्गाको केही भाग व्यक्तिको नाममा ल्याउन सरकारी कागजात कीर्ते गरेको आरोप लागेको छ। प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई महाराजगञ्जबाट काभ्रेको पनौती सार्न सरकारले जग्गा उपलब्ध गराएको थियो।