बाँके र सर्लाहीका एसपी हटाइए बोहरा र धिताललाई पठाइयो

HTV Khabar २६ अशोज २०८०, शुक्रबार ०७:०१ मा प्रकाशित

काठमाडौं, कमजोर कमाण्डका कारण शान्ति सुरक्षा खस्किएपछि प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई कारबाही स्वरुप हटाएको छ।

बाँकेका एसपी सन्तोषसिंह राठौर तथा सर्लाहीका नरेशराज सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबार हटाएको हो। निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरुको काज सरुवा गरेका हुन्। बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ।

विहिवार नै गृह मन्त्रालले बाँकेका सिडिओ विपिन आचार्य र सर्लाहीका इन्द्रदेव यादबको सरुवा गरेको थियो ।ती दुई जिल्लामा हालै हिन्दु–मुस्लिम टकराव बढेर शान्ति सुरक्षा बिग्रिएको थियो। जसमा सिडिओ र एसपीको भूमिका कमजोर देखिएको थियो।