शिक्षाको विकासमा समर्पित समाजसेवी सापकोटाले ओखलढुंगाको बलखु विद्यालयमा गरे लायन्स क्लब मार्फत शैक्षिक सामाग्री वितरण

सबिन पन्त 'पृथक' २० जेठ २०८१, आइतबार ०५:३० मा प्रकाशित

काठमाडौं,  शिक्षाको विकासमा समर्पित समाजसेवी खिला सापकोटाले ओखलढुंगाको बलखु माध्यमिक विद्यालयमा लायन्स क्लब मार्फत शैक्षिक सामाग्री वितरण गरेकाछन्।


लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एफ' का रिजन चेयरपर्सन रहेका सापकोटा र उनकी धर्मपत्नी लायन शोभा गिरीले ओखलढुंगाको सुनकोशी गाउँपालिका -१ स्थित बलखु माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र झोला वितरण गरेका हुन्।

२२५ थान झोला सोही बराबरको कपी र कलम वितरण गरिएको वडाध्यक्ष प्रकाश सापकोटाले बताएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पहाडीले यो सहयोगले बलखु माविमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकासमा सहजता हुने बताउँदै विद्यार्थीमा थप हौसला बढाएको उल्लेख गरे।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी उपस्थिति रहेको थियो। सामाजिक क्षेत्रमा क्रियाशिल सापकोटा सोही वडाका स्थानीय स्थानीय वासिन्दा पनि हुन्। उनले केही समय बलखु माविमा अध्यापन समेत गरेका थिए।

शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय सापकोटा हाल त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र काठमाडौको सुकेधारामा रहेको ब्रूकलिन कलेजको संचालक समेत रहेका छन्।