हेटौंडाको सार्वजनिक जग्गामा बनेको दुई पेट्रोल पम्पलाई ईन्धन नदिन पत्राचार

HTV Khabar १३ मंगशिर २०८२, शनिबार ०९:५३ मा प्रकाशित

काठमाडौं, सडक डिभिजन कार्यालय हेटौंडाले राष्ट्रिय राजमार्गको सार्वजनिक जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई इन्धन नदिन नेपाल आयल निगमलाई पत्राचार गरेको छ।

हेटौंडा १० स्थित बलरामदास पेट्रोल पम्प र ४ नम्बर वडाको ओम आयललाई त्यहाँबाट तत्काल स्थानान्तरण हुन र नेपाल आयल निगमलाई ती पम्पहरूमा इन्धन आपूर्ति नगर्न पत्राचार गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।