गल्याङ नगरपालिकाले छोरी जन्मिए ५ हजार खातामा जम्मा गरिदिने

सबिन पन्त 'पृथक' २२ मंगशिर २०८०, शुक्रबार ०२:४५ मा प्रकाशित
काठमाडौं, गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा रहेको गल्याङ नगरपालिकाले छोरी जन्मिए खातामा ५ हजार जम्मा गरिदिने भएकोछ।गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले एचटिभी खबर संग कुराकानी गर्दै सो कुरा बताएका हुन्।


नगर प्रमुख भट्टराईले बताएअनुसार नगर क्षेत्रभित्र बसोबास गर्ने नगर बासीले छोरीलाई जन्मदिएमा जन्मेको बालिकाको नाममा स्थानीय बैंकमा खाता खोलेर बालिग भएपछि मात्रै उक्त रकम निकाल्न पाउने गरि पाँच हजार रुपैयाँ नगरपालिकाले जम्मा गरिदिनेछ। 


छोराछोरी बीचको भेदभावपूर्ण व्यवहारलाई निरुत्साहित गर्न नगरले यस्तो योजना ल्याएको प्रमुख भट्टराईले बताएका छन्।