- गृहपृष्ठ
- भृकुटीमण्डपमा १६औँ नाडा अटो शो २०२४ सुरु, ९५ वटा कम्पनीहरूको सहभागिता
भृकुटीमण्डपमा १६औँ नाडा अटो शो २०२४ सुरु, ९५ वटा कम्पनीहरूको सहभागिता
HTV Khabar
११ भाद्र २०८१, मङ्गलबार ०६:२७ मा प्रकाशित
काठमाडौं, राजधानीको भृकुटीमण्डपमा १६औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि सुरु भएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमबिच नाडा अटो शोको उद्घाटन गरेका हुन्। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ १६ गतेसम्म ६ दिन चल्नेछ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठूला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले जानकारी दिएका छन्।
यस वर्षको प्रदर्शनीमा विभिन्न कम्पनीका २४ ब्रान्ड चार पाङ्ग्रे, १९
ब्रान्डका दई पाङ्ग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिने नाडाले जनाएको छ।
नाडा अटो शो मेलामा वीसलाखदेखि करोड भन्दा महँगो गाडीहरू प्रदर्शनीमा राखिएका छन्। यसपटक चार पाङ्ग्रे गाडीका दुई पाङ्ग्रे र एसोसिरिजको प्रदर्शनी अलगअलग राखिएको छ।
सवारीसाधन खरिदका लागि बैंकहरुले लगानी पनि गर्नेभएका छन्। ७.९९ देखि ८.४९ प्रतिशत वार्षिक ब्याजदरमा ५ देखि ८ वर्षको लागि बैंकहरुले कर्जा लगानी गर्ने स्किम ल्याएका छन्। सबैभन्दा सुलभ ब्याजदरमा नबिल बैंक र ग्लोबल आईएमई बैंकले कर्जा प्रदान गर्ने भएका हुन्। इन्धनयुक्त सवारी भन्दा विद्धुतिय सवारीको ब्याजदर भने कम रहेको छ।