- गृहपृष्ठ
- नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुँदै
नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुँदै
HTV Khabar
१५ भाद्र २०८२, सोमबार ०६:५१ मा प्रकाशित
काठमाडौं, नेपाल रग्बी संघको आयोजनामा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुन लागेको छ।
सिरिजमा रग्बी सेभेन्सका २ तथा फिफ्टिन्समा १ खेल हुने आयोजक संघका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए। भदौ ३० गते रग्बी सेभेन्सका २ खेल हुनेछ। रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने संघका कोषाध्यक्ष दीपक अधिकारीले बताए। सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो।