अफ्रिकाको युथोपिया महोत्सवमा नेपाली कलाकारहरुले प्रस्तुति दिने

HTV Khabar ११ अशोज २०८१, शुक्रबार ०१:३५ मा प्रकाशित

काठमाडौं, अफ्रिकी मुलुक युथोपियाको ओर्मिया पर्यटन कमिशनको आयोजनामा आगामी अक्टोबर १देखी १०सम्म राजधानी आदिशाबाबामा हुने ओर्मिया भ्रमण बर्षमा नेपाली कलाकारहरुको बिशेष प्रस्तुति रहने भएको छ।

धौलागिरी एड्भेन्चर प्रालिको बिशेष पहलमा नेपाली साङ्गेतिक समुहको तय भएको भएको छ। धौलागिरी एड्भेन्चर प्रालिका अध्यक्ष आङ कामी शेर्पाको नेतृत्वमा त्यसतर्फ जाने कलाकारहरु अजित घिसिङ तामाङ, सरोज प्रजा,बिना राउत,निमा कुमारी स्याङ्तान,मदन भन्डारीले नेपालको पहिचान हुने साङ्गेतिक प्रस्तुती दिने जनाएको छ।

मुलत:नेपाल र युथोपिया बिच मित्रता र सदभाव कायम गर्ने उदेश्यकासाथ सहभागी हुन लागेको अध्यक्ष शेर्पाले बताए।

कार्यक्रममा सहभागी हुने अफिसियल तर्फ गीता कुमारी शाही, स्मारिका शाही, उर्गेन मिगुम तामाङले प्रतिनिधित्व गर्ने भएको गीता शाहीले बताएकी छन्।

धौलागिरी एडभेन्चरका प्रालीका साझेदार एब गैर आवासीय युथोपियन हाम्जा वारियोको पहलमा सो कार्यक्रममा सहभागी हुनेहरुको तालिका तय भएको हो। कार्यक्रममा सहभागी हुने सम्पुर्ण कलाकार एवं पदाधिकारीहरुलाई आयोजकले व्यवस्थापन गरेको जनाईएको छ।

आयोजक समितिका संयोजक लेलिसे डुङ्गाले नेपालका कलाकारहरूको एक प्रतिभाशाली समूहलाई आमन्त्रण गर्न पाउँदा गौरव महसुस गरेकी छ्न। उनले अगाडी लेखेकी छन् सगरमाथाको घर,विश्वको सबैभन्दा अग्लो शिखरका कलाकार तथा पदाधिकारीलाई ओरोमिया पर्यटन सप्ताहमा आमन्त्रण गर्न पाँउदा खुशी लागेको छ।