काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.- १० स्थित जोरधारा खानेपानी संरक्षण संस्थाको १५ औं साधारणसभा तथा ७औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा संघीय सांसद माननीय गगनकुमार थापाको प्रमुख आतिथ्यता तथा ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा पौष २१ गते संस्थाको १५औं साधारणसभा सम्पन्न भएको थियो।
कार्यक्रम लामो भएको र संस्थाको नयाँ पदाधिकारीमा इच्छुकहरुको लामै लाईन भएको कारण सो दिन अधिवेशन भने सम्पन्न हुन सकेको थिएन। विशेषगरी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदको लागि बाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो।
२१ गते तीन पदमा भने सहमति जुट्न नसकेपछि अधिवक्ता विश्वनाथ दाहालको संयोजनमा अधिवक्ता अशोकराज पाण्डे र मुरारी भण्डारी सहितको निर्वाचन समितिले पौष २७ गतेको लागि निर्वाचन मिति तोकेको थियो। निर्वाचन समितिको निर्णयअनुसार आज भने निवर्तमान अध्यक्ष ठाकुरप्रसाद खकुरेल तथा वडाध्यक्ष नवराज भट्टराईको पहल र पूर्व अध्यक्ष डिल्ली ढकालको रोहवरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नयाँ कार्यसमिति :-
अध्यक्ष : टंकप्रसाद सापकोटा
वरिष्ठ उपाध्यक्ष : कुमार कसजु श्रेष्ठ (स्वामी)
द्वितीय उपाध्यक्ष : गणेशकुमार पौडेल
तृतीय उपाध्यक्ष : सुमित्रा श्रेष्ठ
महासचिव : भेषबहादुर डोटेल
सचीव : प्रकाश कटवाल
कोषाध्यक्ष : तपन पोखरेल
सदस्य : हरिप्रसाद भट्टराई
सदस्य : संगीता पन्त
सदस्य : महाधन राई
सदस्य : सरस्वती न्यौपाने
सदस्य : ऋद्धि पन्त
सदस्य : निरबहादुर श्रेष्ठ
सदस्य : डोरबहादुर भण्डारी
सदस्य : नवराज तिमल्सिना
