नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

HTV Khabar ४ माघ २०८०, बिहीबार ०२:४१ मा प्रकाशित

काठमाडौं, २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाली सेना र सशस्त्र प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ।


३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोष कुमार ढकाल टिम क्याप्टेन रहनु भएको थियो।

प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ।