कैलाली प्रहरीको कमाण्ड सम्हाल्दै एसपी चन्द

सबिन पन्त 'पृथक' १५ भाद्र २०८२, सोमबार ०७:१४ मा प्रकाशित

काठमाडौं,  जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सम्हालेका छन्।
आईतवार  जिल्ला प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा चन्दले पदभार ग्रहण गर्दै आफ्नो जिम्मेवारी थालनी गरेका हुन्।

आईतवार बिहानै कैलाली पुगेका उनलाई जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहसहित अन्य प्रहरी अधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए।

स्वागतपछि कार्यालयमै उपस्थित भई चन्दले आधिकारिक रूपमा काम थालनी गरेका हुन्।

हालै कैलाली कारागारमा देखिएको सुरक्षा कमजोरीका कारण प्रहरी प्रधान कार्यालयले तत्कालीन प्रहरी प्रमुख एसपी बाल नरसिंह राणालाई फिर्ता बोलाएर सिआइबीमा कार्यरत चन्दलाई जिम्मेवारी दिएको हो। एसपी चन्द कार्य सम्पादनमा अब्बल प्रहरी अधिकृत हुन्।