काठमाडौंमा जुवातास खेलिरहेका ६ जना पक्राउ

HTV Khabar २७ जेठ २०८१, आइतबार ०९:१३ मा प्रकाशित

काठमाडौं,  कागेश्‍वरी मनोहरा नगरपालिका-५ बाट जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन्।


थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक थकनी घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका वडा नं.-५ थली बस्ने ४० वर्षीया साबित्री तामाङ समेत ६ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।


प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।