काठमाडौं, सरकारले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ।
आज विहीवार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले बताए।