सूर्योदय टोल सुधार समितिको १५औं अधिवेशन सम्पन्न

सबिन पन्त 'पृथक' १८ कार्तिक २०८०, शनिबार १२:५९ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा -११ स्थित सूर्योदय टोल सुधार समितिको १६औं साधारणसभा तथा १५औं अधिवेशन सम्पन्न भएको छ।

सूर्योदय टोलमा नै आयोजित सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। होमराज खुलालको अध्यक्षतामा नव गठित कार्यसमितिमा उपाध्यक्ष संगीता पन्त, सचीव कमल मिया, कोषाध्यक्ष दीपक आम्गाई सर्वसम्मत निर्वाचित भएका छन्। 

त्यस्तै सदस्यहरुमा सुनिता पंज्ञानी, गीता पन्त, सुनिल श्रेष्ठ, अम्बिका भण्डारी, चन्द्रावती श्रेष्ठ, ध्रुर्व अधिकारी र रामबहादुर राई निर्वाचित भएका छन्। 

दुई चरणमा सम्पन्न साधारणसभाको पहिलो उद्घाटन सत्रमा टोलको विकास निर्माणकार्य आदि कार्यहरूमा सहयोग पुर्‍याउने मिङमार शेर्पा, गोविन्दबहादुर रायमाझी, समि घिसिङ, दीपक अम्गाई, सुरेन्द्र पन्त, शेरबहादुर मगर, दामोदर चालिसे लगायत किन्डर गार्डेन स्कुललाई सम्मान गरिएको थियो। 

कोषाध्यक्षको अनुपस्थितिमा सचीव विष्णु तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले हार्दिकतापूर्वक अनुमोदन गरेको थियो।