तारकेश्वरको गोलढुंगामा लुटपाट गर्ने २ जना पक्राउ

HTV Khabar १३ कार्तिक २०८२, बिहीबार १०:१२ मा प्रकाशित

काठमाडौं, लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।

बुधवार राति करिब ११ बजेतिर तारकेश्वर नगरपालिलका-५ गोलढुंगा फूलबारी गेट नजिकै एक युवकलाई दलुटपाट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुर भिमफेडी गाउँपालिका-५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका १० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्।

बा ४२ प ४०६९ नं.को कालो पल्सर मोटरसाइकलमा आएका उनीहरुले धारिलो हरियार देखाइ एक युवकको साथमा रहेको ब्याग नै लुटेका थिए। खबर पाउनासाथै खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसाइकल र लुटिएको ब्यागसहित नियन्त्रणमा लिएको हो।

लुटिएको झोलामा केही नगद, रोलेक्स लेखेको एक थान घडीलगायतका सामान रहेका थिए भने पक्राउ परेकाहरुको साथबाट खुकुरी, ट्रामाडोल नामको लागुऔषधलगायत बरामद गरिएको छ। उनीहरुलाई वृत्त बालाजुमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।