सुनको मूल्य बढ्यो ! कतिमा हुँदैछ कारोबार ?

HTV Khabar २७ पौष २०८०, शुक्रबार १२:३४ मा प्रकाशित
काठमाडौं, नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेकाे हो।


महासङ्घका अनुसार शुक्रवार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।


विहिवार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।