सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच समझदारी

HTV Khabar २३ कार्तिक २०८१, शुक्रबार ०५:२८ मा प्रकाशित

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेमन ट्री प्रिमियरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।