- गृहपृष्ठ
- युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाँदै
युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाँदै
HTV Khabar
२१ कार्तिक २०८०, मङ्गलबार ०७:०७ मा प्रकाशित
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ।
उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन्। विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।