काठमाडौं, दैलेखमा जिप दुर्घटनामा परेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जिप दैलेखको भैरवी गाउँपालिकाको कालगौँडामा दुर्घटनामा परेको हो।
सोमवार दिउँसो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा केहीको घटनास्थलमै मृत्यु भएको भनिए पनि विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।