एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

HTV Khabar २१ असार २०८१, बिहीबार ०७:३७ मा प्रकाशित

काठमाडौं, नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन्।

विहिवार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो।

उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए।महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।


बाँकी पदाधिकारी र सदस्यहरुमा चयन गर्ने जिम्मेवारी तीन नेतालाई जिम्मेवारी दिइएको केन्द्रिय महाधिवेशन प्रतिनिधि ठाकुर प्रसाद खकुरेलले जानकारी दिएका छन्।