लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम'को कन्भेन्सन चैत्र २४ गते हुने

सबिन पन्त 'पृथक' १४ चैत्र २०८०, बुधवार ०४:२१ मा प्रकाशित

काठमाडौं,  लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम'को दोस्रो कन्भेन्सन चैत्र २४ गते पोखरामा हुने भएको छ। लायन्स क्लब अफ पोखरा मिड टाउनले संयोजन गर्न लागेको दोस्रो कन्भेन्सनलाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न तिव्र तयारी भइरहेको कन्भेनर विकास भुर्तेलले एचटिभी खबरलाई बताएका छन्।


बुलौदी, लेकसाईडस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना गर्न लागिएको कन्भेन्सनमा लायन वर्ष २०२४/२५ का लागि फर्स्ट भिडिजी रहेका चण्डीप्रसाद अर्याल गभर्नर, सेकेन्ड भिडिजी रहेका धनिराम बराल फर्स्ट भिडिजी र डिष्ट्रिक्ट चिफ एडभाईजर रहेका रत्नप्रसाद पराजुली सेकेन्ड भिडिजीमा निर्वाचित हुनेछन्। 


भर्खरै मात्रै सरकारले पर्यटन राजधानीका रूपमा घोषणा गरेको पर्यटकिय नगरी पोखरामा हुनलागेको यो दोस्रो कन्भेन्सनमा डिष्ट्रिक्ट भरिबाट अत्यधिक लायन्स सदस्य सहभागी रहने गभर्नरका उम्मेद्वार रहेका चण्डी प्रसाद अर्यालले बताए। साच्चै ऐतिहासिक कन्भेन्सनबाट शतप्रतिशत मत प्राप्त गरि आफू गभर्नर निर्वाचित हुने निर्धक्कका साथ अर्यालले बताए।