- गृहपृष्ठ
- काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर, माग्यो २३० कर्मचारी
काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर, माग्यो २३० कर्मचारी
HTV Khabar
१६ मंगशिर २०८०, शनिबार ०१:२५ मा प्रकाशित
काठमाडौं, काठमाडौं महानगरपालिकाले करार सेवामा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।
महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो।
महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा लेखिएअनुसार सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने छ। अनलाइन प्रतिवेदनका लागि इन्टरनेट बापत मासिक २ हजार रुपैयाँ महानगरपालिकाले उपलब्ध गराउने छ।
सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा लेखिएको छ।उनीहरुले ट्याब्लेटमार्फत् तथ्यांक संकलन गर्नुपर्ने छ। इच्छुक व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्। दरखास्त दिँदै शुल्क नलाग्ने महानगरपालिकाले जनाएको छ।
प्राप्त आवेदकमध्येहरुबाट निश्चित मापदण्डका आधारमा संक्षिप्त सूची तयार गर्ने र अन्तरवार्ताबाट छनोट गर्ने सूचनामा लेखिएको छ। छनोट गर्दा काठमाडौं महानगरपालिकाका बासिन्दाले प्राथमिकता पाउने छन्। विगतमा गणक र सुपरिवेक्षकको रुपमा कम्तीमा एक महिनाभन्दा बढी अवधि काम गरेको र महानगरपालिकाबाट विगतमा यही कार्यक्रमबाट छनोट भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
