इलाका प्रहरी कार्यालय टाँडीलाई ३ थान पल्सर वितरण

HTV Khabar २८ श्रावण २०८२, बुधवार ०४:२० मा प्रकाशित

काठमाडौं, रत्ननगर नगरपालिकाले  नगर भित्र शान्ति सुरक्षा कार्यमा सहजिकरण होस् भन्ने हेतुले रत्ननगर नगरपालिकाले इलाका प्रहरी कार्यालय टाँडीलाई  ३ थान पल्सर १२५ सिसिको मोटरसाइकल वितरण गरेको छ।

आज नगरपालिकामा आयोजित एक कार्यक्रममा मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै मेयर प्रलाद सापकोटाले जनताको शान्ति सुरक्षाको जिम्मा लिएको इलाका प्रहरी कार्यालयलाई सवारी साधन अभाव नहोस् भनेर मोटरसाईकल वितरण गरेको जानकारी दिए।