काठमाडौं, प्रधानसेनापति प्रभुराम शर्मा आजबाट बिदामा बसेका छन्।प्रधानसेनापतिले अवकाश पाउनु एक महिना अघिबाट बिदामा बस्ने सैन्य अभ्यास अनुसार शर्मा शुक्रबारबाट बिदामा बसेका हुन्।
प्रधानसेनापति शर्माले भदौ २४ गतेबाट अवकास पाउनेछन्। अर्थात् प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल २०८१ भदौ २४ गते सकिनेछ। पूर्णचन्द्र थापाले अवकास पाएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति भएका थिए।
शर्माले २०७८ भदौ २५ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्मालेका थिए। अब नेपाली सेनाको ४५औं सेनापतिको रुपमा बलाधिकृत रथी सिग्देल कार्यभार सम्हाल्ने छन्। सिग्देलले आजबाट कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्न लागेका हुन्।