नेपाल लायन्स क्लबका धरोहर तथा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई मातृशोक

सबिन पन्त 'पृथक' ७ चैत्र २०८०, बुधवार ०७:५९ मा प्रकाशित

काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' का अभिभावक नेपाल लायन्स क्लबका धरोहर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ। 

धनराज आचार्य, को चिफ एड्भाईजर लायन शिवराज आचार्य र संजय आचार्यकि  ममतामयी आमा जमुना आचार्यको ७२ बर्षको उमेरमा हिजो निधन भएको हो। आमाको निधन पश्चात् भाव विह्वल भएका धनराज आचार्यले आमाको तस्वीरसहित आफ्नो सामाजिक संजाल मार्फत पीडा व्यक्त गरेका थिए। उनले यस्तो लेखेका छन्। 
निशब्द !!
आमा ! यति छिटो छोडेर जानुहोला भन्ने कल्पना पनि गरेका थिएनौ,  १ मिनट पनि समय दिनु भएन।हाँस्दा हास्दै सदाका लागि बिदा हुनु भयो। हजुरको बात्सल्यताको सधै अभाब रहिरहने छ। हजुरको आशिर्वाद सघै पाईरहु आमा!! 


आचार्यकि ममतामयी माताको  निधनको दु:खद खबरले हामी एचटिभी खबर परिवारलाई अत्यन्त मर्माहत तुल्याएको छ। दिवङ्गत आदरणीय आमा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारजन लगायत दू:खमा रहनुभएका सबैमा हार्दिक समवेदना प्रकट गर्दछौं । 

 सबिन पन्त 'पृथक'
अध्यक्ष/प्रधान सम्पादक 
एचटिभी खबर