पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ विजयी, दलमाथि चुनौती

HTV Khabar ४ चैत्र २०८१, मङ्गलबार ०८:३० मा प्रकाशित

काठमाडौं,  पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। उनी १ हजार १०२ मतसहित विजयी भएका हुन्।

उनका अनुसार प्रतिद्वन्द्वी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याए। विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए।